ब्राउनसुगरसहित चार जना पक्राउ

३ बर्ष अघि

२0७७ माघ २१ बुधबार

ब्राउनसुगरसहित चार जना पक्राउ

झापा माघ २१ ।  झापामा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । झापाको दक्षिणी सिमावर्ती क्षेत्र झापा गाउँपालिका र दमक नगरपालिकाबाट दुईदुई जना पक्राउ परेका हुन् । झापा गाउँपालिका वडा( ४ मसानघाटबाट पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो ठाउँबाट भारतको किसनगञ्ज सत्कैवा ग्रामपञ्चायत, हल्दावना वडा नं। ८ का ३० वर्षीय मोहम्मद आलम र सोही ठाउँका २८ वर्षीय मदिउर रहमान पक्राउ परेका हुन् । उनीहरूको साथबाट लिसाईलो बनाईएको ८ ग्राम ३० मिलिग्राम ब्राउन सुगर र ९ हजार १ सय ७० भारतीय रुपैयाँसहित मोवाईलसमेत बरामद भएको छ । यस्तै दमक नगरपालिका वडा नं। ९ बुद्धटोल का २० वर्षीय अजय राईको कोठामा खनतलासी गर्दा ब्राउन सुगर २ ग्राम, डिजिटल तराजु, नगद  ७ हजार रुपैयाँ तथा मोबाईल २ थान २ बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् । प्रहरीले राई र उनीसँगै वस्ने २५ वर्षीय बिकल बिशुङखेलाई समेत पक्राउ गरेको हो ।