दुर्घटनामा एक जनाको मृत्यु

३ बर्ष अघि

२0७७ माघ २१ बुधबार

दुर्घटनामा एक जनाको मृत्यु

झापा माघ २१ ।  झापाको कन्काई नगरपालिका–८ मा भएको मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बिरिङ पुल स्थित पुर्व–पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको मे। ११ प ५७६७ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको बा ७९ प ७८८५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा सख्त घाईते भएका व्यक्तिको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा बा ७९ प ७८८५ मोटरसाईकल चालक झापा शिवसतासी ९ का २३ वर्षिय  करण कार्की गम्भीर घाईते भएका थिए । उनको विर्तामोड स्थित वीएण्ड सी अस्पतालमा उपचार सम्भव नभए पछि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरानमा समेत उपचार सम्भव पछि भारतको सिलगुडी लाने क्रममा काँकरभिट्टा पुर्‍याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । अर्को मोटरसाईकल चालक दमकका भीमबहादुर लिम्बू र दुवै मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेका छन् ।