२४ औँ विश्व आदिवासी दिवस दार्चुलामा पनि मनाइयो (फोटो फिचर)

६ बर्ष अघि

२0७५ श्रावण २४ बिहीबार

२४ औँ विश्व आदिवासी दिवस दार्चुलामा पनि मनाइयो (फोटो फिचर)

सुलोचना महता / ललित सामन्त, साउन २४ दार्चुला । आज विश्व आदिबासी दिवस । मुलुक भर विभिन्न कार्यक्रम गरी मनाउने सन्दर्भमा दार्चुलामा पनि व्याँसी सौका समुदायले २४ औँ विश्व आदिवासी दिवस मनाएका छन् । “अधिकार प्रतिनिधि र स्वायत्ता÷स्वशासनका लागि आदिवासी जनजातीको अडान, मानव पहिचान सहितको संघियताका लागि संविधान संशोधन हाम्रो साझा अभियान ” भन्ने मुल नाराका साथ व्याँसी सौका समाज दार्चुलाले औपचारिक कार्यक्रम गरेको छ ।  व्याँस सौका समाज दार्चुला अध्यक्ष यशोदा तिंकरीको अध्यक्षतामा भएको कार्यक्रममा रं कल्याण संस्थाका अध्यक्ष कृष्ण गब्र्यालको प्रमुख आथित्यता रहेको थियो भने नेपाली कांगे्रसका जिल्ला सभापति ललीत सिंह बोहरा विशिष्ट आथित्यता रहेको थियो । 


कार्यक्रममा महेन्द्र नमुना मावि खलंगाका शिक्षक प्रेमसिह बोहराले स्थानीय तहको विकासका कार्यहरुमा आदिवासी जनजातीको सहभागिता हुनु पर्ने बताएका छन् । त्यस्तै नेपाली कांग्रेसका जिल्ला सभापती ललित सिह बाहोराले आदिवासी तथा जनजातीहरुको लागि आफ्नो पार्टीले सक्दोसम्म पहल गर्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै रं कल्याण संस्थाका अध्यक्ष कृष्ण गब्र्यालले नेपाल सरकारले आदिवासी जनजातीहरुका लागि विभिन्न प्रकारका सीप मुलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने बताए । 
दार्चुला जिल्लाको उत्तरी क्षेत्र व्याँस गाउँपालिकामा बसोबास गर्ने व्याँसीहरुलाई सदरमुकाम आवतजावत गर्न जोखिमपुर्ण तुइनको यात्रा गर्नु पर्ने बाध्यता एकातीर छ भने भारतको बाटो भएर जानु पर्ने बाध्यता अर्को तर्फ रहेकाले यस बारेमा सरकारले तत्काल पहल गर्नु पर्ने बताएका छन् । विश्व आदिबासी दिवसको अवसरमा दार्चुला बजारमा व्यासी सौका समुदायले बजारमा ¥याली निकाल्नुका साथै दार्चुला विकास संगठनमा औपचारिक कार्यक्रम गरेको छ ।