स्वास्थ्य कार्यालयले हात्तीपाईले रोगको अध्ययन गर्ने

३ बर्ष अघि

२0७७ माघ २१ बुधबार

स्वास्थ्य कार्यालयले हात्तीपाईले रोगको अध्ययन गर्ने

दृष्टिकोण समाचार माघ २१ दार्चुला । स्वास्थ्य कार्यालय दार्चुलाले हात्तीपाईले रोगको वस्तुस्थिति थाहा पाउन जिल्ला भरि नै हात्तीपाईले रोगको अध्ययन गर्ने भएको छ । चालु आर्थिक बर्षमा थप १८ वटा जिल्लामा काम गर्ने गरि नेपाल सरकारले कार्यक्रम तय गरे बमोजिम सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा हात्ती पाइले रोगको अध्यन्न गर्ने काम शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।   यसमा खास गरि समुदायमा हात्तीपाईले जस्तो गम्भीर समस्याबाट प्रभावित , अन्डकोष सुन्निएका व्यक्तिहरु , अन्य अंगहरु जस्तै हात, खुट्टा र स्तन सुन्निएका मानिसहरुको लगत संकलन गरिने , लगत संकलन पछी उनीहरुको स्वास्थ्य समस्या समाधानको लागि प्रभावित स्वयम्लाई हात्तीपाईले रोगका बारेमा जानकारी गराउने तथा  अन्डकोष सुन्निएका हरुको निशुल्क सर्जरी गर्ने गरि थप ब्यबस्थापनको काम स्वास्थ्य सेवा प्रणाली मार्फत गरिने जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जय राज भट्टले जानकारी दिनु भएको छ ।  जिल्लाका नौवटै स्थानीय तहका करिब ३०० स्वास्थ्य कर्मी र जिल्ला भरिका ३७९ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका हरुलाई एक दिने तालिम दिने र त्यस पछी ३ दिन सम्म महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका हरुलाई हरेक घर सम्म पुग्ने गरि सर्भेक्षण गरिने सोहि सर्भेक्षणको दौरान फेला परेका बिरामीहरुको लगत संकलन गरि स्वास्थ्यकर्मी बाट प्रमाणीकरण भए पश्चात जिल्ला भरिको हात्तीपाईलेको वस्तुस्थिति थाहा पाउन कार्ययोजना तयार गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत भट्टले जानकारी दिनु भएको छ ।