वैशाखको मध्यावधि चुनाव एक दिन पनि पर नसर्ने प्रधानमन्त्री ओलीको दाबी

३ बर्ष अघि

२0७७ माघ २0 मंगलवार

वैशाखको मध्यावधि चुनाव एक दिन पनि पर नसर्ने प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं माघ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखको मध्यावधि चुनाव एक दिन पनि पर नसर्ने दाबी गरेका छन् । सोमबार ढल्केबरमा विद्युत सबस्टेशनको उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने बतउनुभयो । प्रदेश २ मा पहिलो चरणमा चुनाव हुने भन्दै उहाँले भन्नुभयो, ‘तपाईंहरु तयार हुनुस्, एक दिन पनि चुनाव पर सर्दैन । कोही चुनावको तयारी नगर भनेर निर्वाचन आयोग गएको भन्दै उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगको काम चुनाव नगराउने होइन, गराउने हो । निर्वाचन आयोगले गराउनुपर्छ र गराउँछ ।