किशोरी अपहरण गरेर बलात्कार गर्ने इन्जिनियरलाई साढे २९ वर्ष कैद सजाय

३ बर्ष अघि

२0७७ माघ २0 मंगलवार

किशोरी अपहरण गरेर बलात्कार गर्ने इन्जिनियरलाई साढे २९ वर्ष कैद सजाय

बैतडी माघ २० ।  किशोरीलाई अपहरण गरेर जर्बजस्ती करणी गरेको अभियोगमा बैतडीको मैलौली नगरपालिका कार्यरत अन्दाजी २८ बर्षीय इन्जिनियर रोशन चन्दलाई २९ वर्ष ६ महिना कैद सजायको फैसला भएको छ। जिल्ला अदालत डडेल्धुराका न्यायाधीस हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीको इजलासले सोमबार इन्जिनियर चन्दले १७ वर्षीया नावालिका किशोरीलाई जर्बजस्ती अपहरण गरेर बन्धक बनाई जर्बजस्ती करणी गरेको ठहरगर्दै २९ बर्ष ६ महिना कैद सजाय, दुई लाख जरिवाना र दुई लाख ५० हजार रुपैयाँ पीडित किशोरीलाई क्षतिपुर्ती भराउने फैसला गरेको हो। नाबालिका किशोरीलाई शरिर बन्धक बनाई जर्बजस्ती करणी गरेको ठहरगर्दै शरिर बन्धक बनाएर अपहरण गरेको अभियोगमा ८ वर्ष ७ महिना, १८ वर्ष उमेर नपुगेकी नाबालिग किशोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा ११ वर्ष र एउटै ब्यक्तिले अपहरण र नाबालिकालाई जर्बजस्ती गरेको अभियोगमा थप १० वर्षगरि कुल २९ वर्ष छ महिना कैद सजायको फैसाला सुनाईएको जिल्ला अदालत डडेल्धुराले जनाएको छ। गत २०७६ साल भदौ महिनाको अन्तिम साता मैलौली नगरपालिकामा ओजेटी गरिरहेकी किशोरीलाई शरिर बन्धक बनाई जर्वजस्ती डडेल्धुरा सदरमुकाम पुगाएर एक होटलमा जर्वजस्ती करणी गरेको भन्दै आफन्तले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जिल्ला अदालत डडेल्धुरामा मुद्दा दर्ता गरको थियो।  इन्जिनियर चन्दले लामो समय प्रेममा रहेकी किशोरीसँगको सहमतिमा यौन सम्पर्क गरेको अभियुक्त चन्दका पक्षबाट वकालत गरेका अधिवक्ता हरिप्रसाद भट्टले बताए।  फैसला लगत्तै पुर्पक्षका लागि हिरासतमा रहेका इन्जिनियर चन्दलाई करागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।