मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

३ बर्ष अघि

२0७७ माघ २0 मंगलवार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा माघ २० । झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि अन्य दुई जना घाइते भएका छन्। झापाको गौरादह गाउँपालिका ४ मा सोमबार साँझ दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो। मे १० प ११६७ र मे ४ प २२७२ नम्बरको मोटरसाइकल आपसमा जुध्दा गम्भीर घाइते भएका गौरादह गाउँपालिका ५ का ३४ वर्षीय होमप्रसाद उप्रेतीको उपचारका क्रममा बी एण्ड सी अस्पताल विर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गौरादह गाउँपालिका ३ का २६ वर्षीय अजय राजवंशी र २२ वर्षीय नन्दकिशोर राजवंशी घाइते भएका छन्।