नेपालमा थप  १ सय ५९ कोरोना संक्रमित थपिए 

३ बर्ष अघि

२0७७ माघ १९ सोमबार

नेपालमा थप  १ सय ५९ कोरोना संक्रमित थपिए 

काठमाडौँ माघ १९ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ८९ रहेको छ । पछिल्लो २४ घण्टामा थप २ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६६  हजार ६०० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको  मन्त्रालयले जानकारी दिएको हो।