राखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा दुई जनाको ज्यान गयो

३ बर्ष अघि

२0७७ माघ १९ सोमबार

राखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा दुई जनाको ज्यान गयो

‍काठमाडौ माघ १९ । धादिङको थाक्रे गाउँपालिका २ कोइरालेमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
बिग्रिएर सडक छेउमा रोकेर राखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा त्यही दिशाबाट आउँदै गरेको लु २ ख २७० नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको हो । गएराति साढे ३ बजेतिर भएको दुर्घटनामा ज्यान गुमाएका दुई जनाको परिचय  खुलेको छैन । दुर्घटनामा लु २ ख २७० नम्बरको ट्रकका चालक गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टर ल्याइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अर्का ट्रक चालक भने सामान्य घाइते  भएका छन् ।