चीनले कोरोनाविरुद्धको तीन लाख खोप अनुदानमा दिने

३ बर्ष अघि

२0७७ माघ १९ सोमबार

चीनले कोरोनाविरुद्धको तीन लाख खोप अनुदानमा दिने

काठमाण्डौ माघ १९ । चीनले नेपाललाई कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । खोप अनुदानमा दिने र चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको चिनियाँ दूतावासले जनाएको छ । चीनले उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको हो । यो खोप करिब ७९ दशमलव ३४ प्रतिशत प्रभावकारी रहेकोे चिनियाँ दूतावासले जनाएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेको चिनियाँ खोपले अन्य देशहरुबाट पनि मान्यता पाएको छ ।