मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको ज्यान गयो

३ बर्ष अघि

२0७७ माघ १९ सोमबार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको ज्यान गयो

काठमाण्डौ माघ १९ । काठमाण्डौको गोङ्गबुको शिवमन्दिर नजिकै मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । गएराति प्रदेश–३–०२०१० प ३८७० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रु काभ्रे देउपुरका ३८  वर्षका  नारायणप्रसाद ढकालको ज्यान गएको हो । कालको उपचारका क्रममा ग्रीन सिटी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने  मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।