डडेल्धुरामा बाघको छाला सहित युवक पक्राउ

३ बर्ष अघि

२0७७ माघ १८ आईतवार

डडेल्धुरामा बाघको छाला सहित युवक पक्राउ

डडेल्धुरा माघ १८ । डडेल्धुरामा बाघको छाला सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अजयमेरू गाउँपालिका–१ बस्ने २९ बर्षका जगत सिंह भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अमरगढी नगरपालीका–६ तोली स्थित दशरथचन्द राजमार्ग सडकखण्डमा उनले चलाई रहेको सु.प.प्र.०४००१ प ०५४८ नम्बरको मोटरसाईकलमा ओसारदै गरेको अस्थामा भालुको पित्त थान एक, ठुलो बाघको जस्तो देखीने छाला थान एक, सानो बाघको जस्तो देखीने छाला थान एक बरामद गरिएकोे जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले बताए ।  उनलाई आवश्यक कारवाहीको लागी डिभिजन बन कार्यालय डडेल्धुरामा बुझाईएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।