कैलालीमा बलत्कारको आरोपमा ३ जना पक्राउ

३ बर्ष अघि

२0७७ माघ १८ आईतवार

कैलालीमा बलत्कारको आरोपमा ३ जना पक्राउ

धनगडी माघ १८ । कैलालीमा बलत्कारको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लम्की नगरपालिका–१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी २० वर्षीय रतन बुढाथोकी र गोदावरी नगरपालिका–५ गेटीका ५० वर्षीय शालुराम चौधरी रहेका छन् ।  बुढाथोकी र अधिकारीले १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । पिडित किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीका अधारमा दुवैलाई पक्राउ गरिएको र एक जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  यस्तै, चौधरीले१३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका हुन् । गोदावरी नगरपालिका–५ गेटीका ५० वर्षीय शालुराम चौधरीले किशोरीलाई बलात्कार गरी गर्भवती बनाएको भन्ने जाहेरीका आधारमा उनलाई माघ ९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  तिनै जना माथि जबरजस्ती करणी सम्बन्धी मुद्धा दर्ता भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।