कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

३ बर्ष अघि

२0७७ माघ १८ आईतवार

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगडी माघ १८ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिकाको –६ स्थित मटियारीमा सु।प।प्र ०१००९प ९१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी–६ का १८ वर्षीय रोहित रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  दुर्घटनामा परी घाइते भएका धनगढीकै १९ वर्षीय कृष्ण राना र मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का १९ वर्षीय मिलेन्द्र सिंह रानाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।