आज सुनको भाउ तोलामा एक सय रुपैयाँ बढ्यो

३ बर्ष अघि

२0७७ माघ १८ आईतवार

आज सुनको भाउ तोलामा एक सय रुपैयाँ बढ्यो

काठमाण्डौ माघ १८ । हप्ताको पहिलो दिन आज सुनको भाउ सामान्य बढेको छ । सुनको भाउ आज तोलामा सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । अस्ति शुक्रवार तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर १३ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।