अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५० हजार नाघ्यो

३ बर्ष अघि

२0७७ माघ १८ आईतवार

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५० हजार नाघ्यो

काठमाडौँ माघ १८ । अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २ हजार ८८९ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ५० हजार ३८१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ लाख ४० हजार ७३२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।  पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ६६ लाख नाघेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ६३ लाख २८ हजार ९५० जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ९८ लाख ७६ हजार ४०९ जनामध्ये २४ हजार ४८८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।