नेपालमा थप १ सय ५ कोरोना संक्रमित थपिए, २ सय ८८ डिस्चार्च 

३ बर्ष अघि

२0७७ माघ १८ आईतवार

नेपालमा थप १ सय ५ कोरोना संक्रमित थपिए, २ सय ८८ डिस्चार्च 

काठमाडौँ माघ १८ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ५९४ रहेको छ । यसअघि शनिबार ९हिजो०को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ८५४ थियो । पछिल्लो २४ घण्टामा थप २८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६६ हजार ३३६ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको  मन्त्रालयले जानकारी दिएको हो। यसअघि शनिबार ९हिजो० सम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६६ हजार ४८ रहेको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको  मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०२९ पुगेको छ ।