बसको ठक्करबाट एकजनाको मृत्यु

३ बर्ष अघि

२0७७ माघ १६ शुक्रबार

बसको ठक्करबाट एकजनाको मृत्यु

धनुषा माघ १६। धनुषामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका ३ का ५० वर्षीय दिपचन्द्र यादव रहेका छन् । लक्ष्मीनिया गाउँपालिका(४ सपहीस्थित सडकमा ना ४ ख १०६९ नम्बरको बसले शुक्रबार बिहान उनी सवार साइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।