एसईई ग्रेड बृद्धी परीक्षा सुरु

६ बर्ष अघि

२0७५ श्रावण २३ बुधबार

एसईई ग्रेड बृद्धी परीक्षा सुरु

ललित सामन्त, साउन २४ गते । एसइई गे्रडवृद्धि परीक्षा बुधबारदेखि देशभरी सञ्चालन गरिएको छ । २०७४ चैत  महिनामा सन्चालन गरिएको एस ईई परीक्षामा न्युन ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुका लागि ग्रेड वृद्धि गर्ने मौका सञ्चालन गरिएको हो । दार्चुला जिल्ला सदरमुकाम खलंगामा तीन ओटा परीक्षा  केन्द्र निर्धारण गरी परीक्षा सञ्चालन गरिएको हो पहिलो दिन तिन  आटै परीक्षा केन्द्रबाट ११ सय ६८ जनाले परीक्षा दिएका छन् । महेन्द्र नमुना मावि खलंगास्थित निर्धारण गरिएको ए केन्द्र बाट १ सय ५३ जना छात्रा र १ सय ६५ जना छात्र गरि जम्मा ३ सय १८ जनाले परीक्षा दिएका छन् । भने ३५ जना अनुपस्थित रहेका थिए ।

सोही केन्द्र बाट इक्ज्यामटेड तर्फ ४४ जना छात्रा र १९ जनाले परीक्षामा सहभागिता जनाएका थिए । भने ७ जना अनुपस्थित रहेका छन् । यस्तै बी परीक्षा केन्द्रबाट १ सय ८८ छात्रा र १ सय ७० जना छात्र गरी जम्मा ३ सय ५८ जनाले परीक्षा दिएको बी परीक्षा केन्द्रका केन्दा्रध्यक्ष दामोदर जाशीले जानकारी दिनु भयो यस्तै ५१ ज्ना परीषार्थी अनुपस्थित रहेको बताउनु भयो । यस्तै दार्चुला बहुमुखी क्याम्पसमा निर्धारणगरिएको सी परीक्षा केन्द्रबाट २ सय ३७ छात्रा २ सय ५५ जना छात्र गरि जम्मा ४ सय ९२ जनाले परीक्षा दिएका छन् । भने २७ जना छात्रा र २५ जना छात्र गरि ५२ जना अनुपस्थित रहेको सी परीक्षा केन्द्रका केन्द्राध्यक्ष गणेश राज विष्टले जानकारी दिनु भएको छ । यो वर्ष पहिलो पटक परीक्षा केन्द्र निर्धारण गर्दा विद्यालयको काडनमबरका आधारमा ३ परीक्षा केन्द्र निर्धारण गरि परीक्षा सञ्चालन गरिएको हो ।

एसइई परीषाको गे्रड बृद्धि परीषाको बुधबार पहिलो दिन अंग्रेजी विषयको परीषालिइईएको छ । दार्चुला जिल्ला भरीबाट ११ सय ६८ जनाले परीक्षा दिएको तथ्थांक छ भने १ सय ४५ जना अनुपस्थित रहेको तथ्थाकं छ । ए केन्द्रमा रामदत्त जोशी बी केन्द्रमा दामोदर जोशी र सी केन्द्रमा गणेश राज विष्टलाई केन्द्राध्यक्ष तोकिएको छ । परीषाका लागि जिल्लाभरि बाट १९ सय २१ जनाले आवेदन दिएको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाले जनाएको छ । भने आज अनिर्वाय नेपालीको परीक्षा लिएको छ ।जस्मा केन्द्र ए मा नियमित तर्फ जम्मा २९ जना रहेका थिए जस्मा छात्र ११ जना  र छात्रा १८ जनामात्रै परीक्षा दिएका थिए । एक्जाम्टेड तिर छात्र २० जना छात्रा १० गरि जम्मा ३० जनामात्रै प्राविधिक तर्फ २ जना मात्रै परीक्षा दिएको छ भने २ जना अनुपस्थित रहेका छन् ।

त्यस्तै केन्द्र बी मा १९ जना छात्र र ३२ जना छात्रा गरि जम्मा ५१ जनाले परीक्षा दिएका थिए २८ जना विद्यार्थीहरुले परीक्षा दिएका थिएन केन्द्र बी मा जम्मा ७९ जना विधार्थीहरु थिए । त्यस्तै केन्द्र सी मा नियमित तर्फ जनाले परीक्षा दिएका थिए जस्मा ४१ जना छात्र र ४७ जना छात्रा रहेका छन् ।  जस्मध्ये १३ जना छात्र र १२ जना छात्र गरि जम्मा २५ जना अनुपस्थित रहेका  छन् । सी केन्द्रमा १सय १३ जनाले परीक्षा दिनको लागि फारम भरेका थिए  नेपाली विषयका लागि ३सय १८ जनाले फारम भरेका थिए  । त्यस्तै भोलि हुने गणित विषयमा सबै वडि विधार्थीहरुका छन् । जस्मा गण्ति विषयमा मात्रै १ हजार ७ सय १८ जनाले फारम भरेका छन् । गणित विषयमा ए परीक्षा केन्द्रमा ५ सय २८ जना बी केन्द्रमा ५ सय ९३ जना र सी केन्द्रमा ५ सय ९७ जना रहेका छन् । त्यसपछि विज्ञानमा ७ सय ६७  अर्थशास्त्रमा ४ सय ९२ जना  सामाजिक अध्यनमा २सय ५५ सहभागिता जनाउने छन् । भने सबै भन्दा कम विद्यार्थीहरु शिक्षामा रहेका छन् शिक्षा विषय ग्रेड वद्धिका लागि ८९ जनाले सहभागिता जनाउने छन् । भने स्वास्थ्य जनसंख्या तथा  वातावरण शिक्षामा १ सय ४० तथा ऐच्छिक गणितमा १सय ७१ जनाले सहभागिता जनाउने छन् । परीक्षामा प्राविधिक तर्फका ३८ र एक्जेम्डेटतर्फका ७८ जनाले समेत सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय अधिकारी जयदेव महराले जानकारी दिनु भएको छ । एस इई दिने विद्यार्थीहरुका लागि रुटिन पनि तल दिइएको छ ।  
२३ गते    अनिवार्य  अंग्रेजी
२४ गते    अनिवार्य नेपाली
२५ गते    अनिवार्य गणित
२६ गते     अनिवार्य विज्ञान 
२७ गते     सामाजिक शिक्षा 
२८ गते     स्वास्थ्थ जनसंख्या शिक्षा 
२९ गते     ऐञ्छिक प्रथम
३० गते     ऐञ्छिक दुतिय 
३१ गते     प्राविधिक विषयहरु 
भाद्र १ गते     प्राविधिक नै रहेका छन्  ।  

  यो तथ्थाङक जिल्ला शिक्षा कार्यालयबाट लिइएको हो   ।