नेपालमा थप १ सय ५७ कोरोना संक्रमित थपिए, ५ को मृत्यु

३ बर्ष अघि

२0७७ माघ १६ शुक्रबार

नेपालमा थप १ सय ५७ कोरोना संक्रमित थपिए, ५ को मृत्यु

काठमाडौँ माघ १६ । नेपालमा पछिल्लो २४ घण्टामा थप  १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार २२ रहेको छ । पछिल्लो २४ घण्टामा थप ३३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६५ हजार ६९८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको  मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०२५ पुगेको छ ।