बैतडीमा  १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ माघ १६ शुक्रबार

बैतडीमा  १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि

बैतडी माघ १६ । बैतडीमा फेरि १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । आज कोरोना पुष्टि हुनेमा पाटन नगरपालिका वडा नम्बर ६ का ३० बर्षीय पुरुष रहेका छन । प्रयोगशालामा ७ जनाको स्वाब परीक्षण गर्दा १ जनाको रिर्पोट पोजेटिभ आएको हो । बैतडी जिल्ला कोरोनाका सक्रिय संक्रमीत शुन्य जिल्ला भएको १ हप्ता पछि आज शुक्रबार थप १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बैतडीका कम्प्युटर अपरेटर महेन्द्र सिँह रावलले जानकारी दिनुभएको छ । कोरोनाको खोप कार्यक्रम सञ्चालन भईरहेकै बेला बैतडीमा फेरि संक्रमण देखिएको हो । यो संगै बैतडीमा कोरोना संक्रमीतको सङ्ख्या ६ सय ३७ पुगेको छ । बैतडीमा कोरोनाका कारण २ जनाको मृत्यु भईसकेको छ ।