भारतमा थप ११ हजार ७ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ३४ जनाको मृत्यु

३ बर्ष अघि

२0७७ माघ १५ बिहीबार

भारतमा थप ११ हजार ७ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ३४ जनाको मृत्यु

काठमाडौँ माघ १५ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार  ८ सय ८५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ३४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार ८ सय ८५ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ७ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ७ लाख २ हजार ३१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख ७२ हजार ८ सय १८ जना संक्रमणमुक्त भएका छन् ।