राहत काेषमा थन्किएकाे रकम बाढी पीडितलाई वितरण गरिने

६ बर्ष अघि

२0७५ श्रावण २३ बुधबार

राहत काेषमा थन्किएकाे   रकम बाढी पीडितलाई वितरण गरिने

दृष्टीकोण समाचार, साउन २३ दार्चुला । महाकाली बाढी पीडितलाई पाँच बर्ष पछि राहत रकम वितरण हुने भएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयले महाकाली बाढीबाट पूर्ण क्षती भएका १ सय १३ परिवारलाई कोषमा बचेको चार लाख रुपैँया वितरण गरिने भएको छ । 
२०७० सालमा महाकाली नदिमा आएको बाढीबाट पीडित परिवारका लागि अष्ट्रेलीयाबाट सहयोगका लागि आएको चारलाख रुपैँया लामो समय जिल्ला दैवि प्रकोप उद्धार समितिको खातामा बसेको थियो ।
जिल्ला विपद व्यवस्थापन समितिको बैठकले उक्त रकम जिल्ला अस्पताल दार्चुलाको नाममा खर्च गर्ने निर्णय गरेपछि दार्चुलाका बाढी पीडितहरुले अख्तियारमा रिट दायर गरेका थिए । पछि फेरी बाढी पीडितलाइ नै वितरण गर्ने समितिले निर्णय गरेको थिया । 
फेरी आज बसेको बैठकले बाढीबाट पूर्ण क्षती भएका १ सय १० परिवार र एक जना मृतक तथा दुई जना पछि थप गरिएका पीडितहरुलाई दामाशाइ हिसाबले रकम वितरण गर्ने निर्णय गरेको हो । 
यसका आधारमा १ सय १३ परिवारले ३ हजार ५ सय ३९ रुपैँया राहत स्वरुप पाउने छन् । यसका अतिरिक्त जिल्ला विपद व्यवस्थापन समितिले  हालसम्म विभिन्न विपदका कारण पीडित जिल्लाका ११ परिवार लाई वितरण गरिएको ७२ हजार ६ सय ९० रुपैँया अनुमोदन गर्ने, यसबर्ष विभिन्न विपदमा परेका २५ परिवारलाई १ सय २३ थान ग्याविन जाली र १७ थान त्रिपाल वितरण गरिएकोलाई पनि अनुमोदन गरिएको छ । 
साथै २०७० सालको बाढीका कारण भएको क्षतीका बेला तत्कालीन मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीले घोषणा गरेको ५० करोड रुपँैया मध्ये दार्चुला आउन बाँकी रकमलाई माग गर्न नेपाल सरकार प्रधानन्त्रीको कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ । 
निर्णय सहित