जनस्वास्थ्य अधिकृत भट्टले लगाए कोरोना विरुद्धको पहिलाे खाेप

३ बर्ष अघि

२0७७ माघ १४ बुधबार

जनस्वास्थ्य अधिकृत भट्टले लगाए  कोरोना विरुद्धको पहिलाे खाेप

दृष्टिकोण समाचार माघ १४ दार्चुला । दार्चुलामा कोरोना विरुद्धको पहिलो खोप स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले लगाउन ुभएको छ । बुधवार विहान ११ बजेर ७ मिनेटमा पहिलो खोप स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले लगाएका हुन । दार्चुला संगै देशैभरि बुधवारबाट कोरोना खोप अभियान सुरु गरिएको छ । भारतले अनुदानमा दिएको कोरोना विरुद्धको १० लाख कोभिशिल्ड भ्याक्सीन बुधवारबाट देशैभरका स्वास्थ्यकर्मीहरुलाई लगाउन सुरु गरिएको छ । दार्चुलामा पहिलो चरणमा माघ १४ गतेबाट १८ गते सम्म कोरोना विरुद्धको खोप अभियानका लागि १ हजार ३ सय ९० डोज खोप दार्चुला ल्याइएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टको भनाई छ । जिल्ला अस्पताल दार्चुलाबाट पहिलो चरणमा दार्चुला जिल्ला भरिका स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा कोरोनाबाट मृत्यु भएका ब्यक्तिको शब ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई खोप लगाईदैछ । खोप लगाईसकेपछि आधा घण्टा सम्म आराम गर्नुपर्ने तथा कहि समस्या भएमा स्वास्थ्यकर्मीहरुको टोली समेत तयार अवस्थामा रहेको छ ।