१३ वर्षीया बालिका मृत फेला

३ बर्ष अघि

२0७७ माघ १३ मंगलवार

 १३ वर्षीया बालिका मृत फेला

कञ्चनपुर माघ १३ । कञ्चनपुरमा १३ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको भीमदत्त नगरपालिका–१५ गोबरिया बस्ने १३ वर्षीया करुणा चन्द घरको कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले चन्द आफ्नै कोठामा पंखामा झुण्डिएको अवस्थामा मृत भेटिएको बताए।  उनका अनुसार मृत भेटिएकी चन्दको परीक्षणपछि आफन्तले शव बुझिसकेका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।