विश्वभर १० करोडभन्दा बढीमा संक्रमण पुुष्टि, ७ करोड २२ लाख जना निको

३ बर्ष अघि

२0७७ माघ १३ मंगलवार

विश्वभर १० करोडभन्दा बढीमा संक्रमण पुुष्टि, ७ करोड २२ लाख जना निको

काठमाडौँ माघ १३ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड २ लाख ५८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा नौ हजार ४ सय १४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २१ लाख ४८ हजार ४ सय ६७ पुगेको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा चार लाख ३१ हजार २ सय ९७ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजीलमा ६ सय ३१ जना, रुसमा ४ सय ५६ जना, बेलायतमा ५ सय ९२ जना, फ्रान्समा चार सय ४५ जना, इटालीमा ४ सय २० जनाको मृत्यु भएको छ । विश्वभर ७ करोड २२ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ५ लाख २९ हजार २ सय १० जना निको भएका छन् । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ५८ लाख ४२ हजार २ सय ८७ छ । यसमध्ये १ लाख १० हजार ४ सय ३८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।