राष्ट्रिय महिला फुटबल लिगमा आज पनि दुई खेल हुदैँ

३ बर्ष अघि

२0७७ माघ १३ मंगलवार

राष्ट्रिय महिला फुटबल लिगमा आज पनि दुई खेल हुदैँ

काठमाडौँ माघ १३ । काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्समा बिहान साढे ११ बजे हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग खेल्दैछ । यस खेलमा पुलिस दोस्रो जितको खोजीमा हुनेछ । पुलिस चार अङ्कसहित तेस्रो स्थानमा छ भने वालिङसँग एक अङ्क छ । पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १–१ गोलको बराबरी खेलेको थियो । आज हुने दोस्रो खेलमा विभागीय टोलीहरू एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दैछन् । यस खेलमा एपीएफ लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ । यसअघि उसले पहिलो खेलमा चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकालाई हराएको थियो । एपीएफ दुई खेलमा छ अङ्क जोडेर शीर्ष स्थानमा छ । आर्मी भने समान दुई खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा छ । उसले पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा वालिङलाई हराएको थियो । समाचार खबरहबबाट