भारत आज ७२ औँ गणतन्त्र दिवस मनाउँदै

३ बर्ष अघि

२0७७ माघ १३ मंगलवार

भारत आज ७२ औँ गणतन्त्र दिवस मनाउँदै

काठमाडौँ माघ १३ । भारतले आज ७२ औँ गणतन्त्रका दिवस मनाउँदै छ । गणतन्त्रका दिवसलाई लक्षित गरी राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा  पारिएको छ। दिल्लीको आईटीओ, यमुना ब्रिज लगायतका क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ। ठाउँ – ठाउँमा छेकबार लगाइएको छ। किसानहरुको ट्रयाक्टर र्‍यालीलाई मध्यनजर गर्दै यसपटकको गणतन्त्र दिवसमा दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको हो । मंगलबार गणतन्त्र दिवस परेडलगत्तै किसानहरुले तीनवटा विवादित कृषि कानूनको विरोधमा ट्रयाक्टर र्‍यालीको आयोजना गर्दैछन्।  उक्त दिन भारतको संसदमा बजेट पेश हुने छ। कडा सुरक्षा व्यवस्थाकाबीच किसानहरुले गणतन्त्र दिवस परेड समापन भएपछि मात्रै ट्रयाक्टर र्‍याली निकाल्न सक्ने प्रहरीले जनाएको छ। दिल्लीको सीमामा दुई महिनादेखि भइरहेको किसान आन्दोलनको समर्थनमा मुम्बईको आजाद मैदानमा हजारौँको संख्यामा किसानहरु भेला भएका छन्।