सुनको मूल्य प्रतितोलामा २ सय रुपैँयाले घट्यो

३ बर्ष अघि

२0७७ माघ १२ सोमबार

सुनको मूल्य प्रतितोलामा २ सय रुपैँयाले घट्यो

काठमाडौँ माघ १२ । सोमबार सुनको मूल्य घटेको छ । आज सुुनको मूल्य प्रतितोलामा २ सय रुपैँयाले घटेर प्रतितोलाको ९२ हजार ४ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोलाको ९२ हजार ६ सय रुपैँया थियो । यस्तै चाँदी आज तोलामा १२ सय ६० रुपैँया कायम रहेको महासंघले जनाएको छ ।