विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९७ लाख नाघ्यो

३ बर्ष अघि

२0७७ माघ १२ सोमबार

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९७ लाख नाघ्यो

काठमाडौँ माघ १२ । विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९७ लाख ६८ हजार २ सय १३ पुगेको छ । सोमबार बिहानको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या २१ लाख ३८ हजार ९ सय ४२ पुगेको छ । संक्रमितमध्ये २ करोड ५८ लाख ८६ हजार २ सय २५ मा सक्रिय संक्रमण छ भने ७ करोड १७ लाख ४३ हजार ४६ जनाले कोरोनालाई जितेका छन् । उपचाररत बिरामीमध्ये १ लाख १० हजार ३ सय ६२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या २ करोड ५७ लाख २ हजार १ सय २५ पुगेको छ । अहिलेसम्म ४ लाख २९ हजार ४ सय ९० जनाको मृत्यु भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको भारतमा संक्रमित संख्या १ करोड ६ लाख ६८ हजार ३ सय ५६ पुगेको छ । १ लाख ५३ हजार ५०३ जनाको मृत्यु भएको छ । समाचार खबरहबबाट