अनेरास्ववियु जिल्ला कमिटी दार्चुलाकाे सपत ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

३ बर्ष अघि

२0७७ माघ १0 शनिबार

अनेरास्ववियु जिल्ला कमिटी दार्चुलाकाे सपत ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

दृष्टिकोण समाचार माघ १० दार्चुला । अखिल नेपाल स्वातन्त्र विद्यार्थी यूनियन जिल्ला कमिटि दार्चुलाको आज सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम गरिएको छ । नेकपा दुई समूहमा विभाजन भएपछि नेकपा दुबै समूहले जनवर्गिय संगठन तथा भातृ संगठन पुर्नगठन गर्ने कार्य गरिरहेका छन् । सोही कार्यक्रम अन्तरगत नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू जिल्ला कमिटिको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम गरिएको हो । केही दिन अघि मात्रै चयन गरिएका नयाँ पदाधिकारीहरुको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम गरिएको अनेरास्ववियू जिल्ला संयोजक आनसिंह बडालले बताउनु भयो । अनेरास्ववियू जिल्ला संयोजक आनसिंह बडालको अध्यक्षता एवं अनेरास्ववियू केन्द्रिय स्थायी कमिटि सदस्य लोकेन्द्र बहादुर सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्यहरु शेरसिंह धामी, खडक सिंह बडाल, गौरी देवि बडाल, नेकपा बझाङ जिल्ला कमिटि सदस्य, अनेरास्ववियू केन्द्रिय सचिवालय सदस्य खेमराज जोशी लगायत अनेरास्ववियू केन्द्रिय सदस्य लगायत अनेरास्ववियू जिल्ला कमिटि सदस्यहरुको सहभागिता रहेको थियो ।