नक्तडमा अज्ञात समूहद्धारा ट्रकमा आगजनी 

३ बर्ष अघि

२0७७ माघ १0 शनिबार

नक्तडमा अज्ञात समूहद्धारा ट्रकमा आगजनी 

दृष्टिकोण समाचार माघ १० दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा  नम्बर ९ मा कुलेश्वरबाट आइरहेको सुप्रप ००१ क १५४८ नम्बरको ट्रकमा शनिवार दिउँसो ३ बजेतिर शैल्यशिखर नगरपालिका ९ नक्तड ठूलशैन जंगल नजिक आगजनी भएको हो । आगजनीबाट ट्रकको अगाडीको भाग र टायरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुस्कर ऐेरीले जानकारी दिनु भएको छ । प्रहरी निरीक्षक एव सुचना अधिरी ऐरीका अनुसार इलाका प्रहरी कार्यालय गोकुलेश्वरले  आगलागी कस्ले र कसरी भयो भन्नेबारे अनुन्सधान भइरहेको प्रहरी जनाएको छ ।  प्रहरीले ट्रक साहु र चालकलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जनाएको छ ।  विप्लवको बन्दको प्रभावले जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैन्न । भने सार्वजनिक सवारीको सेवा लाई स्कटिङ गरेर भएपनि सवारी साधनलाई गन्तव्य पठाइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बन्द घोषणा गरेको पक्षबाट हुनसक्ने गतिविधिलाई ध्यानमा राखेर गएरातिदेखि नै जिल्लाबाट विभिन्न गन्तव्यका लागि छुट्ने र जिल्ला भित्रिने सवारी साधनलाई स्कटिङ गरेर पठाइरहेको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।