प्रधानमन्त्री कप क्रिकेट ः आज पनि दुई खेल हुँदै

३ बर्ष अघि

२0७७ माघ ९ शुक्रबार

प्रधानमन्त्री कप क्रिकेट ः आज पनि दुई खेल हुँदै

काठमाडौँ माघ ९ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेलहरु हुँदैछ । मुलपानी क्रिकेट मैदानमा हुने खेलमा उपाधि दाबेदार ठानिएको बागमती प्रदेशले प्रदेश.२ को सामना गर्दैछ । खेल बिहान ९ बजे सुरु हुनेछ । प्रदेश.२ विरुद्ध मैदान उत्रदा बागमती लगातार तेस्रो जितको खोजीमा हुनेछ । बागमतीले यस अघि पुलिस र सुदूरपश्चिमलाई हराएको थियो । प्रदेश.२ भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा प्रदेश.२ लुम्बिनीसँग पराजित भएको थियो । यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कर्णाली प्रदेश र प्रदेश.१ बीच प्रतिस्पर्धा हुनेछ । कर्णाली दोस्रो जितको खोजीमा रहेको छ । प्रतियोगिताबाट बाहिरिसकेको प्रदेश.१ भने पहिलो जितको खोजीमा छ । समाचार खबरहब बाट