भारतमा १३ हजार ७ सय १ जना संक्रमित, १ सय ४७ जनाको मृत्यु

३ बर्ष अघि

२0७७ माघ ९ शुक्रबार

भारतमा १३ हजार ७ सय १ जना संक्रमित, १ सय ४७ जनाको मृत्यु

काठमाडौँ माघ ९ । भारतमा पछिल्लो २४ घण्टामा थप १३ हजार ७ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ४७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार ५३ पुगेको हो ।  पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख २५ हजार ४ सय २० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २ लाख ८१ हजार ३ सय ९१ जना संक्रमणमुक्त भएका छन् ।