कृष्ण धामी,
जमाना निकै फेरीयो अचेल । म पात्रको कथा यस्तो छ । मलाइ मेरो जन्मघरको याद आयो जहाँ मेरो बजपन वितेको थियो । घर छोडेर डेरामा बस्न थालेको झण्डै १५ बर्ष हुन थाल्यो । डेरामा बसेपनि आफ्नै घर हो तर बेला—बेला जन्मघरको याद त सबैलाई आउँछ होला । बुढा बा आमा एकान्त अनि शान्त ठाउँको खबर आदान प्रदान गर्न पहिले हुलाकी पनि आउँदैनथे । आजभोली सञ्चारको विकास धेरै भएको छ ।
मोवाईल नभएको हात र गोजी भेट्न मुस्कील हुन्छ । सके दैनिक नत्र हप्ताको एक तिहाई म पनि मेरी आमासँग फोनमा कुरा गर्छू ।
हेल्लो ‘आमा डेराको बसाई छिट्टै अन्त्य हुँदैछ । चाँडै हामी एउटा सुन्दर घरमा बसौँला । अनि तपाईलाई बुढेसकालमा सुखसँग पालन पोषण गरौँला । तर मेरी आमाको सपना छ कि म उहाँ जस्तै हजारौँ आमाको दुख मेटाउने छोरा बन्न सकुँ ।
आमा सँग मेरो योजना बताउँदै थिए । म तपाइलाई त कहिल्यै पनि दुःख दिने छैन तर हजारौँ आमाहरुको दुःख पीडा मेटाउन सकुँ । यत्तिकैमा टुँ टुँ टुँट आवाज आयो ............। कानमा लाएको फोन हातमा आयो । यो अस्ती साउन २१ गते राती पौने एघार बजेको कुरा फोनमा आमासँग भईरहेको कुरा टुङ्गिन नपाउँ हराएको टेलीफोनको टावर लगातार ३६ घण्टा अबरुद्ध भएपछि परिस्थितिले यो मोड ल्याएको हो ।
फोन छैन, इष्टरनेट छैन्, न कुनै सम्पर्क छ, अनि न जानकारी छ । एसईई ग्रेड बृद्धिको परिक्षा दिन दार्चुला सदरमुकाम आएका कतिपय डेरा खोज्नेहरुले मेरो जस्तै सास्ती भोगे । म पनि एक डेरावल न परेँ । खलंगामा अहिले एसईईको ग्रेड बृद्धि का लागि परीक्षा दिने विद्यार्थीहरुको भिड लागेको छ ।
बजारमा डेरा नपाईएपछि खलंगाबजारमा दिदिको डेरामा जानु पर्ने रहेछ । त्यो भन्दा एक दिन अगाडी दिदि सँग फोनबाट कुरा भएको थियो । परीक्षा दिँन आउँदा तपाइसँगै बस्नेछुँ । अनि खलंगा आउँदा त न दिदीको डेरा थाहा छ न फोन गरेर सोध्न फोलाईन छैन् । मोवाइएल सारा बन्द छन् । अन्य नेटवर्क प्रयोगकर्ता छैनन् । यो समस्या भोगीरहेका भुक्तभोगीहरुको समस्याको पोको लिएर कोठामा आए ।
वा फोनको आवस्यकता कति छ है । एक मिनेट मात्रै ‘दिदि म दार्चुला आईपुगेँ बसपार्कमा लिन आउनु’ भन्न मिल्या भए पनि हून्थ्यो नि । आमासँग कुरा गर्न नपाएको पीडा एकातर्फ.........दिदिको डेरासम्म जान नसकेका भाईबहिनीको पीडा अर्कातर्फ...........मनभित्र खेलाउँदै खाटमा पल्टिरहेको थिए । मोवाईल खेलाई रहने बानी आजभोली सबैलाई लागेको र परिवर्तन गर्न नसकिने सबै भन्दा अप्ठेरो भनेको बानी पनि यहि । मोबाईलमै एयरफोन राखेर समाचार सुन्न थाले । अनि विभिन्न ठाउँमा भारी बर्षाका कारण पहिरो गयो । कती पय घर विस्थापित भए । फेरी पनि भारी बर्षाको सम्भावना छ । सचेत रहन सबैलाई आग्रह । विभिन्न ठाउँका घटनाहरु रेडियोबाट सुन्नथाले । झन मुटु फुलेजस्तै भएर निस्सासिन थालेँ । बाहिर हेर्छू साउनको हरियालीमा धुम्म कुहिरो, अनि कालो बादल, सिमसिम पानीका फोकाहरु बर्षिरहेका ।
यो के हो यस्तो अवस्था किन हो भनेर बुझ्न खोज्यो, न फोन छ न इन्टरनेट छ । फेरी निस्सासिन सुरु । फोनको टावरमा पावर नभएर टावरले काम नगरेको खराबी रहेछ । दार्चुलाको टेलीफोनमा । यो कुरा कसै×कसैले अन्य नेटवर्कको माध्यमबाट व्यक्त गरे । कसैले कानमै भने । अनि घाम लागेपछि सौर्य उर्जाका कारण ब्याट्री चार्ज भई फोन सेवा सुचारु हुने सेवा प्रदायक संस्था नेपाल टेलीकमले जानकारी दियो ।
दार्चुला जिल्लाको सबै क्षेत्रको रिपीटर टावर बालशिखरमा पावर नहूँदा ३६ घण्टासम्म मेरो मात्रै होइन, म जस्ता सायाँै हजारौँ दार्चुला बासीले भोगेका रहेछन् ।
लगातार हप्तौँसम्म बदिलिँदो मौसमका कारण दार्चुला क्षेत्रमा सञ्चारसेवा अबरुद्ध भएपछि सबैले समस्या भोगेकै हुन् । तर दार्चुलामा भारतीय सञ्चार सेवा विएसएनएल, एयरटेल लगातयका सेवा र नेपालमै एनसेल प्रयोगकर्ताहरुले त सञ्चार सेवाबाट बञ्चित हुनु परेन । तर दार्चुला जिल्लाका झण्डै ६० हजार जनसंख्याले यस्तै समस्या भोग्नु प¥यो ।
घाम लागेसँगै साउनको झरी र कुहिरो उडेर बायुमण्डल तर्फ लागेपछि दिउँसो १२ बजेतिर नेपाल टेलीकमको नेटवर्क आयो । यो मैले मात्र जानेको होइन । मैले मात्रै भोगेको छैन् । यो सँग जिम्मेवार रहेका सबै मतियारहरुलाई थाहा छ । राम्ररी थाहा छ । समस्या कहाँ नेर हो भनेर । आवस्यकता त हो , यो समस्यामा नआउन दिन कर तिरेर पनि सेवा ग्राहीले सहज रुपमा सेवा पाउन पर्ने, तर दायित्व विर्षिनेहरुको भर छैन् । ऋतु परिवर्तनसँगै परिवर्तन हुने हरुको । सबैलाई आ—आफ्नो जिम्मेवारी बोध होस् मेरो भन्नु यत्ति मात्र हो ।
आज घाम लाग्यो र पो, बल्ल मैले तीमिसँग मन भित्र गुम्सीएर रहेको कुरा भन्न पाउँदैछुँ । ए साउँन अब तिमी नबर्ष, अब पुग्यो, प्रकृतिको सुन्दर हरियालीमा तिमीले ओढेको लाजको सेतो घुम्टो उठाउ,ँ अनि प्रकृतिको सून्दर आँचल खोल । अनि रमाउन देउ निस्छल प्रकृतिको काखमा म अनि मेरा प्यारो दार्चुलालाई । मेरो प्यारो देश नेपाललाई ।