१४ दिन पछि खुल्याे मालिकार्जुनमा लागेकाे ताला, भयाे यस्ताे सहमति

३ बर्ष अघि

२0७७ माघ ८ बिहीबार

१४ दिन पछि खुल्याे मालिकार्जुनमा लागेकाे ताला, भयाे यस्ताे सहमति

दृष्टिकोण समाचार माघ ८ दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा लगाएको ताला दुई हप्ता पछि बिहीबार खुलेको छ। विहिबार आज जिल्ला समन्वय समितिका संयोजक, जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरू र प्रशासनको रोहवरमा खुलेको मालिकार्जुन गाउँपालिकाले जनाएको छ। विगत केही दिनदेखि निरन्तर वार्ता गर्दा पनि सहमति निकाल्न नसकिदाँ जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्की, गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी लगायतको टोलीले ताला तोडेका हुन् । गाउँकार्यपालिकाले गाउँसभाको निर्णय विपरित प्रशासकीय भवन सार्ने निर्णयको बिरोध गर्दै स्थानीयहरुले पुष २४ गते गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । गाउँकार्यपालिका निर्णयले गाउँपालिकाको प्रशासकीय भवन वडा नम्बर ८ कै थक्तोलीमा सार्ने निर्णय गरेदेखि केही स्थानीयहरुले तालाबन्दी गरेका थिए । जिल्लाबाट गएको जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीको सर्वदलीयको टोलीले असन्तुष्ट पक्षसंग झण्डै ४ घण्टा वार्ताबाट पनि निष्कर्ष निकाल्न नसकेपछि सर्वदलीयको टोलीले स्थानीयले गाउँपालिकामा लगाएको ताला झण्डै आधा महिनामा ताला तोडेका हुन् । जिल्ला समन्वय समिति प्रमुख कार्की, गाउँपालिका अध्यक्ष नरेन्द्र धामी, वडा नम्बर ८ का वडाध्यक्ष पदमराज पन्त लगायतको सहभागिता रहेको थियो । उता स्थानीयहरुले भने सहमति बिना जनताले लगाएको ताला तोडेकोे बताएका छन् । स्थानीय उमेश धामीले आफूहरुले लगाएको ताला प्रशासनले तोडेको गुनासो गर्नु भयो । ‘जनताले लगाएको ताला प्रशासनले तोडेको छ, हाम्रो आन्दोलन जारी छ, कानुनी प्रक्रियाबाट न्याय खोज्छौँ’ स्थानीय धामीले भन्नु भयो ।
संघर्ष समिति सदस्य एवं वार्ता टोलीका सदस्य समेत रहेका बल्देव धामीले पनि कुनै सहमति बिना ताला तोडिएको बताउनु भयो । आफूहरुले गाउँकार्यपालिकाको निर्णय कार्यान्वयन नगर्न लिखित सहमति मात्रै मागेको तर गाउँपालिकाबाट त्यो सहमति नदिएको उहाँको भनाई छ ।