सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

३ बर्ष अघि

२0७७ माघ ८ बिहीबार

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सप्तरी माघ ८ । सप्तरीको खडक नगरपालिका–११ बनौलीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हुलाकी राजमार्गस्थित सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१–प ६१४६ नंको मोटरसाइकल आज दुर्घटना हुँदा खडक–११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको  प्रहरीले जनाएको छ । शिवेन्द्र मोटरसाइकल चालक हुन् भने अरबिन्द बीचमा सवार थिए । दुवै शव परीक्षणका लागि लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जनाएका छन्। मोटरसाइकल पछाडि सवार सोही ठाउँका २१ वर्षीय सुनिलकुमार चौधरी गम्भीर घाइते भएका छन् ।