दार्चुलाका तीन स्थानीय तहमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन हुने

३ बर्ष अघि

२0७७ माघ ६ मंगलवार

दार्चुलाका तीन स्थानीय तहमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन हुने

दृष्टिकोण समाचार माघ ६ दार्चुला ।  दार्चुला जिल्लाका तीन ओटा स्थानीय तहमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाका , नौगाड गाउँपालिका, दुहुँ गाउँपालिका र मार्मा गाउँपालिकामा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्ने भएको हो । यी तीन वटा स्थानीय तहका एक एक विद्यालयमा पहिलो चरणमा कार्यक्रम लागू हुने स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो । एक विद्यालय एक नर्स कार्यक्रमको लागि आवश्यक जनशक्ति व्यवस्थापनको काम भइरहेको छ । एक दुई दिनभित्र स्टाफ नर्सका लागि आवेदन खुला गर्ने तयारी भएको जनस्वास्थ्य अधिकृत भट्टले जानकारी दिनुभयो  । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार कार्यक्रम सञ्चालन हुने सम्बन्धित पालिकाले एक एक विद्यालय छनौट गर्नेछ । विद्यालयमा चाहिने जनशक्ति स्वास्थ्य कार्यालयबाट खटाइने छ । एक विद्यालय एक नर्स कार्यक्रमअन्तर्गत विद्यालयमा विद्यार्थीहरुलाई स्वस्थ जीवनशैलीका विभिन्न बिषयमा जानकारी दिनेछन् ।उहाँले भन्नुभयो छनौट भएका विद्यालयमा एक÷एक जना स्टाफ नर्स खटाइने छ । कार्यक्रम सञ्चालन भएका पालिकाका विद्यालयहरुमा स्टाफ नर्सले स्वास्थ्य शिक्षा सम्बन्धि सचेतनामूलक कक्षा सञ्चालन गर्नुका साथै विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण समेत गर्नेछन् । चालू आर्थिक बर्षबाट शुरु हुन लागेको यो कार्यक्रमलाई निरन्तरता दिइनेछ जनाएको छ । विद्यालयमा सञ्चालन हुने कक्षामा सरसफाई, कोभीड १९ बाट बच्ने तरीका महिनावारी सरसफाई लगायत स्वास्थ्य सम्बन्धि विभिन्न बिषयमा छलफल हुने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।