अमेरिकामा २ करोड ४६ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ माघ ६ मंगलवार

अमेरिकामा २ करोड ४६ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ माघ ६ । अमेरिकामा २ करोड ४६ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा १ लाख ४२ हजार २२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ४६ लाख २६ हजार ३ सय ७६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ४५ लाख ५१ हजार ६ सय ८५ जना संक्रमणमुक्त भएका छन् भने उपचार गराइरहेका ९६ लाख ६६ हजार ७१ जनामध्ये २८ हजार ५ सय ५३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४ सय २२ कोरोना संक्रमितको मृत्यु भएको छ । अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ४ लाख ८ हजार ६ सय २० पुगेको छ ।