सुनको मूल्य प्रतितोलामा ४ सय रुपैँयाले बढ्यो 

३ बर्ष अघि

२0७७ माघ ६ मंगलवार

सुनको मूल्य प्रतितोलामा ४ सय रुपैँयाले बढ्यो 

काठमाडौँ माघ ६ । मंगलबार सुनको मुल्य बढेको छ । आज सुनको मुल्य प्रतितोलामा ४ सय रुपैँयाले बढेको हो । सुनको मुल्य आज रु ४ सयले बढेर प्रतितोलाको ९२ हजार रपैँया कायम भएको नेपाल सुनचाँदी ब्यवसायीक महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोलाको ९१ हजार ६ सय रुपैँया थियो । आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोलामा १५ रुपैँयाले बढेर तोलाको १ हजार २ सय ४५ रुपैँया कायम भएको महासंघले जनाएको छ ।