नौगाडमा एक पुरुष मृत फेला

३ बर्ष अघि

२0७७ माघ ५ सोमबार

नौगाडमा एक पुरुष मृत फेला

दृष्टिकोण समाचार माघ ५ दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २ चौरीगाउँका एक पुरुष मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ४७ वर्षीय मानसिह ठगुन्ना मृत फेला परेका हुन् । आइतबारदेखि वेपत्ता भएका ठगुन्ना धरिधार भन्ने स्थानमा मृत फेला परेको बताइएको छ । उहाँको भीरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भीक अनुमान गरिएको छ । घट्नाबारे थप अनुसन्धानको लागि प्रहरी टोली घट्नास्थलमा खटिएको छ ।