विश्वमा कारोना संक्रमणको संख्या ९ करोड ५४ लाख ६४ हजार नाघ्यो

३ बर्ष अघि

२0७७ माघ ५ सोमबार

विश्वमा कारोना संक्रमणको संख्या ९ करोड ५४ लाख ६४ हजार नाघ्यो

काठमाडौँ माघ ५ । विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ५४ लाख ६४ हजार ८ सय ४ पुगेको छ । गएको २४ घण्टामा ५ लाख बढी संक्रमित थपिएका छन् भने ४ लाख बढी निको भएका छन् । सोमबारको तथ्याङ्क अनुसार गत २४ घण्टामा विश्वका २ सय बढी देशहरुमा ५ लाख ३१ हजार १ सय ६७ जना कोरोनाका संक्रमितहरु थपिएका हुन। त्यस्तै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ करोड ८१ लाख ५५ हजार ४ सय ७९ पुगेको छ । यस्तै, गत २४ घण्टामा ९ हजार बढीले ज्यान गुमाएका छन भने, ३ लाख ७९ हजार ३ सय २८ जना कोरोनाबाट मुक्त भएका छन् । कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा छ । गत २४ घण्टामा अमेरिकामा १ लाख ६८ हजार ८ सय ५३ जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन्। यस्तै, १ हजार ८ सय बढीले ज्यान गुमाएका छन भने ७८ हजार ८ सय भन्दा धेरै कोरोनाको संक्रमणबाट मुक्त भएका छन्। हालसम्म अमेरिकामा २ करोड ४४ लाख ७६ हजार ३ सय ४३ जलालाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमित थपिनेमा अमेरिकापछि यूके रहेको छ। यूकेमा ३८ हजार ५ सय ९८ जना कोरोनाका संक्रमित थपिएका छन्। योसँग यूकेमा संक्रमित हुनेको संख्या ३३ लाख ९५ हजार ९ सय ५९ पुगेको छ। हालसम्म १५ लाख बढी निको भएको यूकेमा १७ लाख ७१ हजार ९ सय ६२ कोरोनाका सक्रिय संक्रमित रहेका छन्। अमेरिकापछि मेक्सीकोमा गत २४ घण्टामा सबैभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाए। मेक्सिकोमा १ हजार २ सय १९ जनाको कोरोनाका कारण ज्यान गयो। हालसम्म मेक्सिकोमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४० हजार २ सय ४१ पुगेको छ। १६ लाख ३० हजार बढी संक्रमितको संख्या पुगेको मेक्सिकोमा ५ हजार बढी सिरियस केस रहेको वल्र्डोमिटर्सले जनाएको छ। गत २४ घण्टामा अमेरिकापछि निको हुनेको संख्या रसियामा धेरै रहेको छ। रसियामा गत २४ घण्टामा २३ हजार ४ सय ४० जना कोरोना संक्रमण मुक्त भएका छन्। हालसम्म ३५ लाख ६८ हजार २ सय ९ जना संक्रमित भएको रसियामा ६५ हजार बढीले ज्यान गुमाएका छन भने २९ लाख ६० हजार ४ सय बढी निको भएका छन। संक्रमितको संख्याका आधारमा अमेरिकापछि भारत रहेको छ। भारतमा हालसम्म १ करोड ५ लाख ७२ हजार ६ सय ७२ जना संक्रमित पुगेका छन्। १ लाख ५२ हजार ४ सय ५६ जनाले ज्यान गुमाएको भारतमा २ लाख ९ हजार ५ सय १९ मात्र सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा १३ हजार बढी नयाँ संक्रमित थपिए भने १४ हजार ५ सयभन्दा धेरै निको भएका छन्।