दार्चुलाको सञ्चार र बिजुलीमा सुन्य गुणस्तर

६ बर्ष अघि

२0७५ श्रावण २२ मंगलवार

दार्चुलाको सञ्चार र बिजुलीमा सुन्य गुणस्तर

दृष्टीकोण समाचार, साउन २० दार्चुला । दार्चुला जिल्लामा सेवाग्राहीले सबन्दा बढी झण्जड कुन सेवामा भोग्नु परेको छ ? भन्ने प्रश्नको सहज जवाफ हो । दार्चुलाको विद्युत् र टेलीफोन अनि इन्टरनेट सेवा । अनि सबभन्दा ग्राहकको टाउँको दुखाउने सेवा शुल्क पनि  विद्युत्त र टेलीफोन इन्टरनेट कै छ । दार्चुला जिल्लामा राष्ट्रकै गौरबशाली जलविद्युत् योजना चमेलीया, अपि हाइड्रो पावर, अपर नौगाड लगायत थुप्रै साना जलविद्युत् योजना र भारतबाट समेत विद्युत् आयात गरिएको  छ ।

 
दार्चुला जिल्ला सदरमुकाममा रहेको नेपाल विद्युत् प्राधिकरणको विजुली एक घण्टामा कम्तीमा ३० देखि ४० पटक आउने जाने गर्दछ । साथै कम भोल्टेजको समस्या त जस्ताको त्यस्तै छ । यसको निदानका लागि सम्बन्धित निकायले कुनै खास पहल नगरेको सेवा ग्राहीको गुनासो छ । यसका अतिरिक्त दार्चुला जिल्लामा विगत ४ बर्षदेखि लागु भएका विद्युतीकरणका ठेक्कापट्टाहरु अझै सम्पन्न भएका छैनन् । जसका कारण जिल्लामै उत्पादित विद्युत् जिल्लबासी बाल्न नपाएको तितो उदाहरण आफ्नै आँखा अगाडी देखेरपनि पछिल्लो समय निर्वाचित भएका जनप्रतिनिधीहरु पनि मुकदर्शक बनेका छन् ।
सेवाग्राहीलाई  झण्जड दिने अर्को सेवा हो  संञ्चार । दार्चुला जिल्लामा नेपाल टेलीकमले आफ्नो शाखा मार्फत सञ्चार सेवा त दिएको छ तर गुणस्तर सुन्य जस्तै छ । 
दार्चुला जिल्लाको मुख्य रिपीटर टावर बालशिखरमा पावर व्याकअप नभएपछि पछिल्लो २४ घण्टा देखि टेलीफोन सेवा बन्द छ । जिल्लामा ल्याण्डलाईन फोन सञ्चालनमा रहेको छ । यसका अतिरिक्त इन्टरनेटको एडिएसएल सेवा छ त्यो पनि नाम मात्रैको काम गर्न खोजेपछि एकसय एमविपीएस डाटा बाहेक ठुलो साईजको फाइल खुल्न पनि घण्टौँ लाग्ने गरेको सेवाग्राहीको गुनासो छ ।
सञ्चार र विद्युत्त एक अर्काका परिपुरक छन् । विजुली विना फोन चल्दैन । विद्युत्त बन्द भएमा कहाँ बिग्रेको हो जानकारी नै हुँदैन । यस कारण दार्चुलाको विद्युत्त र संचार सेवाको गुणस्तरताका लागि बेलैमा सम्बन्धित निकायले सचेत नहुने हो भने सेवाको विकल्प खोज्नु अनिवार्य छ ।