‘संगीतकार संघ नेपाल’ लाई सिटिजन्स बैंकको १५ लाख आर्थिक सहयोग

६ बर्ष अघि

२0७५ बैशाख १५ शनिबार

‘संगीतकार संघ नेपाल’ लाई सिटिजन्स बैंकको १५ लाख आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाली संगीतकर्मीहरुको संस्था ‘संगीतकार संघ नेपाल’ लाई १५००,०००÷ आर्थिक सहयोग गरेको छ । “योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई शिरोधार्य गर्दै आफ्नो एघारौं बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ ।

एक कार्यक्रम बिच बैंकका  प्रमुख कार्यकारी अधिकृत श्री राजन सिंह भण्डारीले पन्ध्र लाखको चेक  संगीतकार संघका अध्यक्ष श्री लक्ष्मण शेष विडारीलाई  हस्तान्तरण गरेका छन् । संघका अध्यक्ष श्री लक्ष्मण शेषले उक्त रकम मेची – महाकाली  साङ्गगितिक अभियान नामक कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्न प्रयोग गरिने कुरा जानकारी गराए । कुनै पनि स्रष्टा स्वास्थ्यको कारण अशक्त भएको वा उपचार गर्न आर्थिक कठिनाइ व्यहोरेको पाईएमा आर्थिक रुपमा केही सहयोग गर्न सकियोस् भनि संगीतकर्मी कल्याणकारी कोषको स्थापना गरी उक्त रकमको पारदर्शी ढंगले सदुपयोग गर्नुपर्ने विचार बैंकका  प्रमुख कार्यकारी अधिकृत श्री राजन सिंह भण्डारीले व्यक्त गरे । बैैंकले कारोबार शुरु गरेको एघार वर्षको समयावधिमा ६८ वटा शाखाहरु र ६८ वटा ए.टि.एम.बाट करिब तीन लाख पैतिस हजार ग्राहकवर्गलाई सेवा प्रदान गरेको छ ।