झापामा एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु

३ बर्ष अघि

२0७७ माघ ५ सोमबार

झापामा एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु

झापा माघ ५ । झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको झापा ट्राफिक प्रहरीले जनाएको छ । बिहान करीब ९ ः४५ बजेतिर भएको सो दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका– ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएको झापा प्रहरीले जनाएको छ ।