प्रचण्ड–माधव समूहलाई दार्चुलामा ओली समूहले च्यालेन्ज दिदै,, जहाँ कार्यक्रम ग¥यो सोही स्थानमा कार्यक्रम गरी दोब्बर जनता

३ बर्ष अघि

२0७७ माघ ४ आईतवार

प्रचण्ड–माधव समूहलाई दार्चुलामा ओली समूहले च्यालेन्ज दिदै,, जहाँ कार्यक्रम ग¥यो सोही स्थानमा कार्यक्रम गरी दोब्बर जनता

दृष्टिकोण समाचार माघ ४ दार्चुला । ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दार्चुलामा प्रचण्ड–माधव समूहलाई च्यालेन्ज गरिरहेको छ । नेकपा दुई समूहमा विभाजन भइसकेका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाले प्रचण्ड–माधव समूहलाई च्यालेन्ज र प्रतिष्पर्धाको रुपले प्रस्तुत भइरहेको छ । प्रचण्ड–माधव समूहले जहाँ जहाँ कार्यक्रम ग¥यो सोही स्थानमा कार्यक्रम गरेर ओली समूहको नेकपा दार्चुलाले दोब्बर जनता उतारिरहेको छ । प्रचण्ड माधव समूहले पुष १४ गते सुरुमा सम्भवतः पहिलो कार्यक्रम जिल्ला सदरमुकाम खलंगा स्थित दार्चुला विकास संगठनको प्राङ्गण कार्यक्रम गरेको थियो । केही दिन पश्चात् पौष २७ गते ओली समूहको नेकपाले सोही स्थानमा अगुवा कार्यकर्ता भेला गरी हजारौँको संख्यामा जनताको सहभागिता गराएको थियो । प्रचण्ड–माधव समूहले आयोजना गरेको बिरोध कार्यक्रम स्थलमा झण्डै दुई सय जनाको हाराहारीमा सहभागिता भएको थियो भने ओली समूहको नेकपाले हजारौँको संख्यामा जनता उतारेको थियो । कार्यक्रम स्थलमा साँघुरा भएर केही सहभागि बाहिरै रहेका थिए । त्यसैगरी पुष २९ गते नेपाल कम्युनिष्ट पार्टी नेकपा नौगाड गाउँकमिटि सचिव गोरे धामीको अध्यक्षता ता नेकपा जिल्ला कमिटि अध्यक्ष गणेश खत्रीको प्रमुख अतिथ्यतामा होपरीगाढमा बिरोध कार्यक्रम गरिएको थियो । उक्त समूहले गरेको कार्यक्रम स्थलमै आज ओली समूहले आमसभा तथा कार्यकर्ता भेला कार्यक्रम गरेको छ । तुलनात्मक रुपमा उक्त कार्यक्रममा पनि प्रचण्ड–माधव समूहको नेकपाको कार्यक्रम भन्दा ओली समूहको कार्यक्रममा सहभागिता बढी देखिएको छ । नेता कार्यकर्ताहरु, जनप्रतिनिधिहरु र जनताको सहभागिता बढी देखिएको छ । वडा नम्बर २ का वडाध्यक्ष एवं नेकपा नौगाड गाउँकमिटि अध्यक्ष नारायाण सिंह ठगुन्नाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य चरन सिंह बुढाथोकी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य तथा गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी, नेकपा प्रचार प्रसार विभाग प्रमुख खडक सिंह बडाल, जिल्ला कमिटि सदस्यहरु शेरसिंह धामी, उमेश जोशी, धनसिंह ठगुन्ना, उद्योग वाणिज्य संघ अध्यक्ष मंगल सिंह ठगुन्ना, अनेरास्ववियू जिल्ला संयोजक आनन्द सिंह बडाल लगायतको सहभागिता रहेको थियो । उपाध्यक्ष गौरी देवि ठगुन्ना लगायत कार्यक्रममा नेकपाबाट निर्वाचित वडाध्यक्षहरु तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।