संसद विघटन स् संवैधानिक इजलासमा सुनुवाइ सुरु

३ बर्ष अघि

२0७७ माघ ४ आईतवार

संसद विघटन स् संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौ माघ ४ ।  प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ सुरु भएको छ ।आज रिट निवेदकहरुले सुरुमा बहस गर्दैछन् । रिट निवेदकले सबै निवेदक र कानुन व्यवसायीले बहस गर्न पाउनुपर्छ भन्दै समय तोकिदिन माग गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सबैले बहस गर्न त पाउने तर गम्भीर विषयमा कसरी समय तोकिदिने भन्दै विचार गरेर बोलिदिन आग्रह गरे। यसअघि बृहत् पूर्ण इजलासमा रिटहरुको सुनुवाइ गर्ने कि संवैधानिक इजलासमा भन्नेमा विवाद थियो । तर सर्वोच्च अदालतले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेको छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी आउँदो माघ १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध एक दर्जन बढी रिट सर्वोच्च अदालतमा दायर भएका छन् ।