घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार

३ बर्ष अघि

२0७७ माघ ४ आईतवार

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार

काठमाडौँ माघ ४ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । साताको अन्तिम दिन शुक्रबार प्रतितोला सुन ९२ हजार ५ सयमा कारोबार भएको छापवाल सुनको मूल्य आज ७०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९१ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ३०० रूपैयाँ कायम भएको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा चाँदी ३० रूपैयाँ घटेर १२ सय ३० मा कारोबार भइरहेको छ ।