अमेरिकामा २ करोड ४३ लाखभन्दा धेरैमा कोरोना संक्रमण

३ बर्ष अघि

२0७७ माघ ४ आईतवार

अमेरिकामा २ करोड ४३ लाखभन्दा धेरैमा कोरोना संक्रमण

काठमाडौँ माघ ४ । अमेरिकामा २ करोड ४३ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख २ हजार ७६७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ४३ लाख ६ हजार ४३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ४३ लाख ४३ हजार ६४४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ९५ लाख ५७ हजार १३८ जनामध्ये २८ हजार ८५० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ३७७ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै आइबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ४ लाख ५ हजार २६१ पुगेको छ ।