भारतमा कोरोना खोप लगाएका ५२ जनामा समस्या

३ बर्ष अघि

२0७७ माघ ४ आईतवार

भारतमा कोरोना खोप लगाएका ५२ जनामा समस्या

काठमाडौँ माघ ३ । भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । यसमध्ये एक जनाको अवस्था गम्भीर छ ।दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । जसमा ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको हो ।पश्चिम बंगाल, तेलंगना, राजस्थानलगायतका स्थानमा पनि कोरोना खोप लगाएपछि साइडइफेक्ट देखिएको थियो ।स्वास्थ्य विभागका अनुसार पश्चिम बंगालमा करिब १५ हजार ७०७ स्वास्थ्यकर्मीलाई खोप दिइएको थियो । तीमध्ये एक जनाको स्वास्थ्य बढी खराब भएको थियो ।उनलाई उपचार गर्न एक मेडिकल कलेजमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।भारतमा प्राथमिकताका आधारमा सरसफाईका कर्मचारीलाई स्वास्थ्यकर्मीलाई पहिलो चरणमा शनिबारबाट  कोरोना भ्याक्सिन लगाएर कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको हो ।प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उद्घाटन गरेका हुन् । भारतमा सुरु भएको अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भएको दाबी गरिएको छ ।दैनिक विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप सेवा उपलब्ध गराइने केन्द्रीय स्वास्थ्य मन्त्री डा। हर्ष बर्धनले जानकारी दिएका छन् । भारतमा कोभिशिल्ड र कोभ्याक खोप लगाउन थालिएको हो ।